कविता : चिठीहरु

लेख्न त मन थियो आमालाई एउटा चिठी
र सोध्न मन थियो आमा!
मेहनत को मूल्य पाउन
बैँस ,बिचार,बुद्दी मध्य
कुन चिजको कालोबजारी गर्न पर्छ?
पर रेगिस्थानमा प्रेमको सफर गरेर नथाकेको
प्रेमिलाई लेख्न मन छ हरेक दिन
एउटा चिठी र सोध्न मन लाग्छ
बिबाहको
लगत्तै हरियो राहादानीमा हुईकिदा मेरो रातो सिन्दुर
फिक्का खरानी भएको किन देख्दैन
तिम्रो आखाले ?
लेख्न त मन छ !!
डोल्पाको दुनैबाट ,मुस्ताङ्को गोरेटोबाट ,
दार्चुलाको दुखबाट
सरकारका नाममा
एउटा बुलन्द चिठी !!
र भन्न मन छ परिबर्तन ओझेल पारेर पर्दैन
मेटिनेछ दासत्व ,
सिद्दिनेछ
अस्वाभाविक व्यवहार,
नागरिक जाग्न कतिबेर
आगो सल्किन कति बेर ?
सिंहासनमा सधैभरी कुम्भकर्णको निन्द्रा
सुतेर अझै तलाई पुगेन?
नागरिक हरुको सच्चा स्वतन्त्रतामाथी
वा भनौ ईमान्दार ईस्वरहरुमाथी केन्द्रीकृत गरेर
लेख्न त कति हो कति मन छ चिठिहरु
सबै सबैका नाममा र भन्न मन छ
असन्तुष्टि को महामारी
नपठाउ मेरो मस्तिस्कभरी
अपेक्षा को अध्याय बन्द गरिदेउ
र मलाई म भएर बाच्न देउ
यसरी नै सरल सरल भएर
तरल तरल भएर!