कविता: फूल

फूल हौ भने रसाईदेउ भन्छन्।
माया हौ भने बसाईदेउ भन्छन्।
फूल बनेर रसाएपछि,
माया बनेर बसाएपछि।
फूल जस्तै छौ भन्दै फुरुङ्ग पार्छन्।
सिउरिने नाममा तड्पाएर मार्छन।

फूलहरुको जीवन किन यति सस्तो?
नवमीमा कुपिण्डोको दान गरे जस्तो।
वर्णनमा ए फूल नपर्नु मख्ख।
ओठेभक्तिमा नहुनु निर्धक्क।।
फूल जस्तै छौ भन्दै फुरुङ्ग पार्छन्।
सिउरिने नाममा तड्पाएर मार्छन।

हिजो निर्धो बलि हुन्थ्यो ठूलो पिरमा।
आज मृत भेटिन्छ्न सम्झना मन्दिरमा।
द्रव्यमा मोह,आसक्त फूलमा।
नगर्नु लोभ प्रेमको भूलमा।।
फूल जस्तै छौ भन्दै फुरुङ्ग पार्छन्।
सिउरीने नाममा तड्पाएर मार्छन।