न्यू ईयरको शूभकामना !!!

कुखुराको सिकारमा खुर्सानी हाली
चिकेन चिल्ली पकाउदै छु
भुटेको मकै खै के खानु?
पपकर्न मगाउदै छु
“नयाँ बर्ष” छोडी मैले “न्यू ईयर” मनाउदै छु।

मोहीको ठेकी फ़ुटिसक्यो
कोकको बोतलले काम चलाएको छु
छोरा छोरी होस्टल राखी
“पप्पी” संग रमाएको छु
“नयाँ बर्ष” छोडी मैले “न्यू ईयर ” मनाउदै छु।

बधुवा भैसीको खुर जस्तो
पार्टी जुत्ता किनेको छु
आफ्नै जन्म मिती बिर्सेर के भो?
पराईलाई रिझाएकै छु
“नयाँ बर्ष” छोडी मैले “न्यू ईयर ” मनाउदै छु।

जागे, कमिज चोली छोडी
छ्याङ्गगै देखिने कपडा जोडेकै छु
ठाउँ ठाउमा प्वाल पारी
त्यसमा टालो हालेकै छु
“नयाँ बर्ष” छोडी मैले “न्यू ईयर ” मनाउदै छु।

आमाले बनाएको गुन्द्रुक छोडी
कोरियन किम्ची रोजेको छु
खुर्सानी र चुक अमिलो थाहा नभएर के भो?
हट एण्ड स्पाईसी जानेकै छु
“नयाँ बर्ष” छोडी मैले “न्यू ईयर ” मनाउदै छु।

बृद्ध बा को औषधि सकिएर के भो
खोया बिर्के भरेकै छु
लखर लखर सडक नाप्दै
जिउदो प्रमाणित गरेकै छु
“नयाँ बर्ष” छोडी मैले “न्यू ईयर ” मनाउदै छु।

न्यू ईयरको नयाँ बर्षको शूभकामना टक्राउदछु!!!