सुदूरपश्चिममा ओली पक्षका मन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोरालाई बर्खास्त गरेका छन् ।

प्रचण्ड माधव नेपाल पक्षका मुख्यमन्त्री भट्टले केपी ओली पक्षका मन्त्रीलाई हटाएका हुन् । उनी डडेलधुराबाट निर्वाचित भएका हुन् ।

प्रचण्ड–माधव नेपाल पक्षको बर्चश्व रहेको प्रदेश सरकारमा बोहोरा ओली पक्षबाट १ जना मात्र मन्त्री थिए ।