पोउवासंघ चुनाव : नारायणको प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवार नारायण कोइराला नेतृत्वको प्यानल सार्वजनिक भएको छ ।

कोइराला नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पवन प्रजापती, उद्योग उपाध्यक्षमा चिनु गुरुङ, वाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशव खत्रीले उम्मेदवारी दिने भएका छन् ।

यो प्यानलबाट कार्यसमिति सदस्यमा कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला मैदानमा उत्रिदै छन् । एसोसिएट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज)ले उम्मेदवारी दिने भएका छन् ।

यही पुस २४ र २५ गते संघको महाधिवेशन हुँदै छ । कोइरालाले प्रायलाई समेटेर राम्रो प्यानल बनाउन बनाएकाले जित पक्का भएको उल्लेख गरे ।