
सत्तारुढ नेकपाको ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले यो निर्णय गरेको हो । महाधिवेशन आयोजक समिति बनाएको बैठकले कसैलाई कारवाही भने गरेन ।
बैठकले २ दिनभित्र सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । सबै प्रदेशमा भेला गर्ने गरी वक्ता र समन्वयकर्ता तोकिएका छन् ।
कर्णाालीमा शंकर पोखरेल, यमलाल कँडेल लगायतलाई खटाइएको छ भने लुम्बिनीमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्दे छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली र कर्ण थापालाई जिम्मेवारी दिइएको छ ।
गण्डकीमा वक्ताका रुपमा टोपवहादुर रायमाझी र बागमतीको संयोजन आनन्द पोखरेल छन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने छन् ।
ओली समूहले प्रदीप ज्ञवालीलाई पार्टीको प्रवक्ता बनाएको छ । समूहको अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने भएको छ ।