ओली पक्षले बनायो महाधिवेशन आयोजक समिति

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले महाधिवेशन आयोजक समिति बनाएको छ ।

साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति ओलीले घोषणा गरेका हुन् ।

बाँकी १ सय ९७ जना केन्द्रीय सदस्य पछि थप्ने ओलीले बताएका थिए ।