ओलीको केन्द्रीय कमिटी बैठकमा वामदेव र बादल गएनन्

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल गएनन् ।

बादल अझै आन्तरिक छलफलमा छन् भने बामदेवले आफू एकताकै पक्षमा रहेको जनाउँदै विभाजनको साक्षी नबस्ने जनाएका छन् ।

बैठक बालुवाटारमा जारी छ । गौतम र थापा आफ्नै निवासमा छन् भने पूर्वमाओवादी समूहका नेता टोपबहादुर रायमाझी र मणि थापा र लेखराज भट्ट भने सहभागी छन् ।

बैठकले प्रचण्ड, माधव लगायतलाई कारवाहीका साथै नयाँ केन्द्रीय सदस्यहरु थप गर्न सक्ने स्रोतले जनाएको छ ।