पाण्डव कृषि सहकारीमा तुलसी राना

पाण्डव कृषि सहकारी संस्था लिमिटेड पोखरा १७ को अध्यक्षमा तुलसी राना निर्वाचित भएका छन् ।

संस्थाको दोश्रो अधिवेशन तथा चौथो साधारणसभाले फेरि पनि राणालाइ निर्विरोध रुपमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा शोभाकान्त पौडेल, सचिवमा रेनु थापा, कोषाध्यक्षमा नेत्रप्रसाद काफ्ले, सह सचिवमा नरकुमारी गुरुङ र सह कोषाध्यक्षमा भगवान श्रेष्ठ चयन भएका छन् ।

सदस्यमा देवीप्रसाद पौडेल, देवेन्द्रकुमार शाही , सिन्धु अधिकारी , दिनेशप्रसाद पौडेल र कन्याकुमारी गुरुङ छन् । त्यस्तै लेखा समिति संयोजकमा सुर्यबहादुर थापा, सदस्यमा राजेन्द्र कुमार थापा र अञ्जना जोशी चयन भएका छन् ।

त्यस्तै ऋण उपसमितिमा नारायणप्रसाद अधिकारी संयोजक तथा सदस्यहरुमा ढकनाथ ढुङ्गाना, देवीकुमारी खाण र विश्वास मल्ल छन् । सल्लाहकारमा विष्णुप्रसाद पौडेल, अधिवक्ता सुष्माकुमारी पौडेल र उषा गोशली छन् ।

निर्वाचन समिति संयोजक विष्णुप्रसाद पौडेल तथा सदस्य सुष्मा पौडेल र भीमप्रसाद सुवेदीले निर्वाचित टिमलाइ बधाई ज्ञापन गर्दै सपथ ग्रहण गराएका थिए ।

४ र ५ गते सहकारीको शेयर सदस्यहरुलाइ प्रतिवेदन वितरण गरिनुका साथै सुझाव संकलन गरिएको व्यवस्थापक नवराज काफ्लेले जानकारी दिए ।