महिला हितको १९ औं साधारण सभा

महिला हित साकोसले १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाको अवसर पारेर संस्थाले उत्कृट एकल ब्यवसायिक महिला प्यारी किसान, उत्कृष्ट एकल महिला हिरा कुमारी क्षेत्री, उत्कृष्ट असल ऋणी तारा पौडेल, उत्कृष्ट दिर्घकालिन बचत कर्ता कविता शाक्य, उत्कृष्ट मासिक बचत कर्ता कमला थापा शर्मा, उत्कृष्ट दैनिक बचत कर्ता राजिता के।सी। , उत्कृष्ट कर्मचारी सुष्मा मल्ल, उत्कृष्ट चल्ती बचत कर्ता सिता बोगती, उत्कृष्ट बाल बचत कर्ता रोश्ना खड्का, उत्कृष्ट रेमिटान्स काराबारी मन कुमारी थापा, उत्कृष्ट विद्यार्थी सरकारी विद्यालयबाट प्रवेश पराजुली, उत्कृष्ट विद्यार्थी निजी विद्यालय बाट आयुष्मा बोहोरालाइ सम्मान गरेको छ ।

१०७८ शेयर सदस्य तथा २ करोड ४३ लाख शेयर पुंजी रहेको साकोसले विभिन्न क्षेत्रहरु कृषि , पशुपालन, ब्यापार, ब्यवसाय, उद्योग लगायतका क्षेत्रमा लगानी गरेको अध्यक्ष लीलादेवी खड्काले बताए ।

सहकारीको कुल कारावार २ करोड ६६ लाख ९६ हजार २ सय रुपैयाँ रहेको छ त्यस्तै ऋण लगानी ७ करोड २६ लाख ७५ हजार ८सय तिस रुपैयाँ रहेको छ भने बचत संकलन ६करोड ८० लाख ५१ हजार ८ सय २० रुपैयाँ रहेको प्रवन्धक चन्द«ा कार्कीले जानकारी दिए ।

संस्थाले शेयर सदस्यहरुलाई सक्षम र आत्म निर्भर बनाउनका लागि सहकारी शिक्षा ,ब्यवसायिक तथा आय मुलक तालिम,लैङ्गिक हिंसा विरुद्ध १४ वटै वडाहरुमा सचेतना कार्यक्रम आयोजन गर्ने गरेको शिक्षा समितिका संयोजक तथा संस्थका उपाध्यक्ष लक्ष्मी जिसी केसीले बताइन् ।

मंसिर १९ बाट २५ गते सम्म सञ्चालन गरिएको साधारण सभाको समापन कार्यक्रममा सचिव सावित्री केसीद्वारा प्रगती प्रतिवेदन, लेखा समिति संयोजक सुमन बास्कोटाद्वारा लेखा प्रतिवेदन, शिक्षा समिति संयोजक लक्ष्मी जिसी केसीद्वारा शिक्षा प्रतिवेदन र आय ब्यय प्रतिवेदन प्रवन्धक चन्द«ा कार्की द्वारा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा रेवती किसान, तारामाया श्रेष्ठ, सम्मानित आयुष्मा बोहोरा र सल्लाहकार खड्ककुमारी खड्का, संस्थाका ज्येष्ठ सदस्य धनमाया कार्की, उपाध्यक्ष लक्ष्मी जिसी केसी र सचिव सावित्री केसीले बोलेका थिए ।