मुस्ताङी उपाध्यक्ष र कस्केली अध्यक्षको विहे आज

- मुख्य मन्त्री गुरुङलाई निम्तो

मुस्ताङ नेकपा पार्टी नेता तथा कार्यकर्ता र सुभेच्छुकको जोडबलमा गण्डकी प्रदेश अन्तर्गत हिमाली जिल्ला मुस्ताङको घरपझोङ र कास्कीको माछापुच्छ्रे गाउपालिकाका जनप्रतिनिधिको आज पोखरामा विवाह सम्पन्न हुदै छ ।

यसका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विवाहमा उपस्थित हुने जनाईएको छ । हिमालपारिको घरपझोङ उपाध्यक्ष सर्मिला गुरुङ र माछापुच्छ्रे गापा कास्कीका अध्यक्ष कर्णबहादुर गुरुङबीच बिवाह हुन लागेको हो ।

यो जोडिको बिहिबार परम्परागत खिमी बसाली लगनगाठो कस्ने तयारी छ । उपाध्यक्ष गुरुङ घरपझोङ ४ जोमसोम निवासी हुन् भने अध्यक्ष गुरुङ माछापुच्छ्रे गाउपालिका १ टुसे निवासी हुन ।
मुस्ताङ्की उपाध्यक्ष गुरुङ र कास्किका अध्यक्ष गुरुङ्को चिनापर्ची दशकौ लामो हो।

अन्नपूर्ण सरक्षण क्षेत्र ब्यवस्थापन समितिमा लामो समय काम गर्दै आएका यी दुई जनप्रतिनिधि जोडी साविक नेकपा एमाले समर्थित कार्यकर्ता र अन्तर जिल्ला स्थानीय तहका जनप्रतिनिधि भएपछि सामिप्यता थप प्रगाढ बनेको अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।

मुस्ताङ घरपझोङकी उपाध्यक्ष पूर्व शिक्षिका र विभिन्न सरकारी तथा गैरसरकारी सस्थामा आवद्ध थिईन् । प्रेमसम्वन्ध नभई नेकपा नेता तथा कार्यकर्ताको सुझाब,सल्लाह र सुभेच्छा कारण दुबैको सहमतिमा पारिवारिक रुपमा कुरा राखेर एक सातामै मागी विवाह गर्ने निर्णय भएको माछापुच्छ्रेका अध्यक्ष गुरुङले उल्लेख गरे ।

‘आपसमा नजिकको चिनजान थियो लभ भने थिएन,’ अध्यक्ष गुरुङले भने, ‘कार्यकर्ताले जोडी मिलेको छ, बिवाह गर्नु पर्छ भने अनि छोटो समयमा बिवाहको निर्णय भयो ।’

२०४६ सालको जनआन्दोलनपछि सँगै बिद्यार्थी राजनिती सुरु गरेका उपाध्यक्ष गुरुङ र अध्यक्ष गुरुङ दुबै पूर्ब एमाले कार्यकर्ता हुन ।

यस्तै, मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाकी उपाध्यक्ष ढोका गुरुङ पनि बैवाहिक सम्वन्धमा बाधिएकी छिन् ।