सुशासनका लागि नागरिक समाज कास्कीको सातौं अधिवेशनले रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा श्यामनाथ कुँवर, सचिव विष्णुप्रसाद अधिकारी, सहसचिव सिरोज कोईराला र कोषाध्यक्ष विश्वमोहन अधिकारी चुनिए । सदस्यमा विष्णुप्रसाद पौडेल, लोकनाथ गौतम, कुन्जिनी परियार प्यासी, मीलन थापा, उपेन्द्र पौडेल र शान्ति गुरुङ छन् ।




