कम्जोर आँखाको नानी हजुरको
सुकेछ शरीरको पानी हजुरको
पिउने अनि छोरी, मलाई कुट्ने
गएन अझै दुष्ट बानी हजुरको
हजुर आधा अङ्ग पति देव भन्दै
कति भुक्त भोगूँ बेमानी हजुरको
सुन्दर छ देख्ने र लेख्ने चाहाना
कसरी म लेखूँ काहानी हजुरको
सधैँ भट्टीभित्र अनि सुन्दरीमा
कति छ अझै त्यो जवानी हजुरको ?




