पोखरा लेडी जेसीजको अध्यक्षमा कमला

युवा महिला उद्यमी तथा व्यवसायी कमला शर्मा (बिनिता) पोखरा लेडि जेसीजको वर्ष २०२१ को अध्यक्षमा अत्याधिक मत ले निर्वाचित भएकी छिन् । मंसिर १३ गते शनिबार साँझ भएको निर्वाचनबाट उनी पोखरा लेडि जसीजको अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । अध्यक्ष पदका लागि शर्मा र गायत्री फुयाँल बीच प्रतिस्पर्धा भएकोमा शर्मा अत्यधिक मत प्राप्त गरि विजयी भएकी हुन् ।

यसैगरी संस्थाको कार्यकारिणी उपाध्यक्ष पदमा लक्ष्मी (लता) थापा कुँवर निर्विरोध निर्वाचित भएकी छन् । यस्तै गरि संस्थाको निर्देशक पदमा दिव्या चालिसे, शिलु चालिसे, संगीता अधिकारी र सपना सुनार निर्बिरोध निर्वाचित भएका छन् । भने उपाध्यक्ष पदमा चार जनाको बहाली हुनेमा पाँचजनाको उम्मेदवारी परेपछि सर्बसम्मत हुन नसक्दा निर्बाचन गराईएको भएता पनि परिणाम भने बाहिर आउन सकेको छैन । संस्थाको अन्य पदहरुमा अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । संस्थाको पदस्थापना भने जनवरी १ मा गरिने चलन रहेको छ ।

पोखराको लेकसाईड स्थित टीका रिसोर्टमा सम्पन्न निर्वाचन को संयोजक जेसि सुनिता गौतम भण्डारी तथा निर्बाचन आयुक्त जेसिआई सिनेटर बसन्त केसि रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

मत परिणाम पछि पोखरा लेडि जेसीजका बर्ष २०२१ का लागि निर्बाचित अध्यक्ष कमला शर्माले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएकी थिईन् । निर्वाचित अध्यक्ष शर्माले प्रतिबद्धता सहितको मन्तव्यमा निर्वाचनको परिणाम आफ्नो पक्षमा आए पनि सबैलाई मिलाएर एक ढिक्का बनाउने प्रतिवद्धता जनाएकी छन् । चुनावमा पक्ष र विपक्ष भए पनि काम गर्ने शिलशिलामा कहिल्यै पक्ष विपक्ष नहुने उनले स्पष्ट पारिन् ।

शर्माले वर्ष २०२१ मा पोखरा लेडि जेसीजलाई नमुना जेसीज बनाउने तथा संस्थाको गरिमालाई थप उचाइमा पुर्याउन आफूले सक्दो कोसिस गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । त्यस्तै, कार्यकारिणी उपाध्यक्ष लक्ष्मी (लता) थापा कुँवरले निर्वाचित अध्यक्ष शर्मा सहितको टिमलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । यस अवसरमा ‘जेसीज एक विशुद्ध सामाजिक सेवामूलक अन्तर्राष्ट्रिय नेटवर्क भएको सम्मानित संस्था हो यो संस्था निकै गतिशील छ र यसको आफ्नै उच्च गरिमा छ, यसलाई थप उचाईमा पुर्याउने लक्ष्य मेरो र मेरो टिमको हुनेछ’, थप्दै कुँवरले प्रतिबद्धता जनाईन् ।

यसै अवसरमा पोखरा लेडि जेसिजको गरिमा तथा उच्चतम पुरस्कार ‘गिता जर्जिना पुरस्कार‘ गत बर्षकी डाइरेक्टर तथा यस बर्ष की उपाध्यक्ष उम्मेदवार, अति नै क्रियासिल जेसि रिना पौडेलले प्राप्त गरिन । यो पुरस्कार कोहि पनि जेसि सदस्यले जीवनमा एक पल्ट मात्र पाउने तथा त्यस बर्षको सर्बोत्कृष्ट काम गर्ने लाई दिने चलन रहेको जानकारी यस पुरस्कारका स्थापनाकारले जनाउनुभयो ।