अन्नपूर्ण गाउँपालिका–१, नागडाँडा स्थित हाम्रो अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारणसभा शनिबार भएको छ ।
साधारणसभाले पुनः सुजन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत गठन गरेको छ । जसमा केशव पौडेल उपाध्यक्ष, ईश्वर पौडेल सचिव, शुशील भण्डारी कोषाध्यक्ष, बैकुण्ठ दाहाल सहसचिव, सुलोचना पौडेल सहकोषाध्यक्ष तथा सदस्यमा डिलमाया सुनार, रामचन्द्र तिवारी, कविराज पौडेल, दुर्गादेवी बराल पौडेल र मनिषा कुँवर छन् ।
उद्धवराज सुवेदीको संयोजकत्वमा नवीन गुरुङ र एकनारायण पौडेल सदस्य रहेको लेखा समिति निर्वाचित भएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज कुँवरले सहकारीले ग्रामिण क्षेत्रमा व्याप्त गरिबी घटाउन विशेष भूमिका खेल्ने उल्लेख गर्दै गाउँपालिकाले सञ्चालन गरिरहेको खाना नफालौं अभियानबारे प्रकाश पारे ।
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले सहकारी स्थापनादेखि लिएर संचालनमा ल्याउदासम्मका अनुभव प्रस्तुत गर्दै सहकारी सेवामुखी हुनुपर्नेमा जोड दिइन् । अन्नपूर्ण ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले सहकारीमार्फत युवा एकजुट भएको भन्दै खुशी व्यक्त गरे ।
सो अवसरमा गाउँ कार्यपालिका सदस्य भगवती भण्डारी, शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शुशील भट्ट्चन, गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बलराम भुगाई, शेयर सदस्यको तर्फबाट डिलमाया सुनार लगायतले भनाइ राखेका थिए।
कार्यक्रमका बीच संस्थाका अध्यक्ष सुजन अधिकारी, सचिव ईश्वर पौडेल र कोषाध्यक्ष शुशिल भण्डारीद्वारा प्रस्तुत विभिन्न प्रतिवेदन सर्वसम्मत पारित भए।
तदर्थ समितिका अध्यक्ष सुजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य मनिषा कुँवरले स्वागत तथा सचिव ईश्वर पौडेलले सञ्चालन गरेका थिए । संस्थामा हाल दुई सय १८ शेयर सदस्य छन् ।




