नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
आइतबार बिहानको मतपरिणाम अनुसार चन्द्र ढकालले कुल मतभारमा ५४.२६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी किशोर प्रधानलले समग्र ४५.७४ मत मात्र ल्याउन सके ।
एशोसियटमा ढकालले ५२२ र प्रधानले ३७५, बस्तुगतमा ढकालले ५९ र प्रधानले ३९ तथा जिल्लानगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत ल्याएका छन् ।
ढकालले वस्तुगततर्फ १२.५४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसियटतर्फ १७.४६ प्रतिशत मत सहित कूल ५४.२६ प्रतिशत मत ल्याएर विजयी भएका हुन् ।
वरिष्ठ उपाध्यक्षका लागि भोटिङ हुँदा विभिन्न समूहका लागि फरक–फरक मतभार निर्धारण गरिएको थियो । सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा विजयी हुने महासंघको विधानमा छ । विधानअनुसार जिल्ला नगर वाणिज्य संघको ५०, वस्तुगतको २० र एशोसिएट्सको ३० प्रतिशत मतभार छ ।
महासंघको जिल्ला नगर वाणिज्यतर्फ उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एशोसियटतर्फ उपाध्यक्षमा रामचन्द्र संघई निर्वाचित भए । तीमध्ये संघई ढकाल प्यानलका हुन् ।




