पोखरा पर्यटन परिषद् अध्यक्षमा गोपीबहादुर भट्टराई

पोखरा पर्यटन परिषदको अध्यक्षमा गोपीबहादुर भट्टराई सर्वसम्मत भएका छन् ।

परिषद्को शुक्रबार भएको ११ औं अधिवेशनबाट उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चुनिए । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल छन् भने बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन गर्ने छ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिवेशन उद्घाटन गरेका थिए ।