गीत

मीठो वचन बोली देऊ तिमीमै म हराउँछु
अर्को जन्ममा तिम्रै हुन पक्कै पनि म आउँछु

फूल हो जिन्दगी फुल्न सके फुलिदिउँला
माटोमै मिले भनी तिमीलाई भुलिदिउँला
लाग्छ मनमा चाहहरू तिमीसँगै हराइदिउँ
प्रिरतीको बात गरी तिमीलाई मन पराइदिउँ

सम्झनाको तरेलीमा आउँछौ तिमी मेरो यादमा
बाध्यता र विवशताले गले म तिम्रो साथमा
निष्ठुरी बनीदिन्छौ तीतो वचन बोली पलभरमा
मनको माया मनमै लुक्यो यो जन्ममा

मीठो वचन बोली देऊ तिमीमै म हराउँछु
अर्को जन्ममा तिम्रै हुन पक्कै पनि म आउँछु ।