छोरी बलात्कार गर्नेलाई ३७ वर्ष कैद

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले ३७ वर्ष जेल सजाय फैसला गरेको छ  ।

न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको ठहर गर्दै ४२ वर्षीय बाबुलाई जबर्जस्ती करणीतर्फ १२ वर्ष र हाडनाता करणीतर्फ जन्मकैद सजाय सुनाएको हो ।

श्रीमतीले आत्महत्या गरेपछि बाबुले छोरीलाई २०७३ देखि बलात्कार गर्दै आएका थिए । घटनाबारे छिमेकीले थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले गत चैत ३० मा उनलाई पक्राउ गरेको थियो ।