फुटबल हस्ती म्याराडोनाअस्ताए

महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।

हृदयघातका कारण ६० वर्षीय उनको बुधबार निधन भएको हो । म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनले सन् १९८६ को फिफा विश्वकप जितेको थियो। विश्व विजेता म्याराडोनाले नोभेम्बरमा दिमागको नसामा देखिएको समस्याको सफल सल्यक्रिया गरिएको थियो ।

म्यारमडोनाको निधनले विश्व खेल क्षेत्र स्तब्ध बनेको छ। विश्व चर्चित व्यक्तिहरुले उनीप्रति समवेदना प्रकट गरिरहेका छन्।

म्याराडोनाले अर्जेन्टिनाका लागि खेलेका ९१ खेलमा ३४ अन्तर्राष्ट्रिय गोल गरेका थिए। उनले ४ पटक फिफा विश्वकप खेलेका थिए। उनले आफ्नो ३७ औँ जन्मदिनका अवसरमा सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। पछि उनी अर्जेन्टिनाको मुख्य प्रशिक्षकसमेत बनेका थिए ।

अघिल्लो महिनामात्र उनले ६० औं जन्मदिन मनाएका थिए । यसअघि बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए । एजेन्सी