
पाथी नै ठीक छ, मानो नबने हुन्छ
हजुर ठूलो मान्छे, सानो नबने हुन्छ
शिर फुटेर बाँचेका छन् मान्छे यहाँ
अचानोसँग, बिरानो नबने हुन्छ
आफ्नै धरातल भुल्ने मान्छे तिमी
मेरो जिन्दगीको छानो नबने हुन्छ
स्वयं श्रीमतीको हत्या गरेका हौ
पानीमाथिको ओभानो नबने हुन्छ
सबै लुटेर लैजाउ फेरि कमाउनेछु
बस भाग्यविधाता उत्तानो नबने हुन्छ ।