पौडेल मानव सेवा आश्रमको कानुनी सल्लाहकार

पत्रकार तथा अधिवक्ता सुष्मा पौडेल मानव सेवा आश्रमको कानुनी सल्लाहकार तथा अभिभावक परिवार कास्कीको संयोजक चयन भएकी छिन् ।

सामाजिक अभियन्ता तथा युवा उत्प्रेरकसमेत रहेकी पौडेल पत्रकारितासँगै परोपकारी कार्यमा सक्रिय छिन् । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य पौडेल संयोजक तथा सदस्य सचिवमा आश्रमका अभियन्ता तर्फबाट जिल्ला संयोजक राजन सापकोटा रहने गरी अन्य १९ सदस्यको अभिभावक टिम गठन भएको अभियन्ता तथा केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी गराएका छन् ।

अभिभावकको तर्फबाट चेकमा हस्ताक्षर गर्न सदस्य उषा गोशेलीलाई चयन गरिएको छ । त्यस्तै अन्य सदस्यमा विष्णुबहादुर भट्टराई , राजेश फुयाल, होमराज भट्टराई, दिनेश शर्मा, शोभा पौडेल, मदन थापा, दुर्गाप्रसाद तिमिल्सिना, राहुल पाण्डे, मेघमान श्रेष्ठ, विष्णु गुरुङ एकत, शान्ति न्यौपाने, लक्ष्मी भट्टराई, कमला पराजुली, लक्ष्मी थापा, कुलमाया क्षेत्री, धर्मराज बस्तोला, धनबहादुर थापा र लालशिव गोगी छन् ।

कार्यक्रमको संयोजन आश्रमका केद्रिय कोषाध्यक्ष तथा अभियन्ता होमनाथ तिमिल्सिनाले गरेका थिए भने अभियन्ता संयोजक राजन सापकोटाले स्वागत र अभिभावक संयोजक सुष्मा पौडेलले सबैलाइ समेटेर लैजाने प्रतिवद्वता ब्यक्त गरेकी थिइन् ।

कास्कीमा पोखराको हेम्जा र छोरेपाटन गरी हाल दुइ वटा आश्रममा १ एक ३ जना सहयोपेक्षी छन् । सबैलाई नाना, छाना र खाना भन्ने नाराका साथ देशका १५ जिल्लामा मानव सेवा आश्रमका शाखा विस्तार भएका छन् ।