पोखरामा थपियो नयाँ एफएम

पोखरा महानगरबाट नयाँ एफएम रेडियोले प्रसारण थालेको छ । एभरेस्ट एफएमले ९३ मेघाहर्जमा बुधबार बिहानबाट प्रसारण सुरु गरेको हो ।

एभरेस्ट मिडिया हाउस प्रालिका अध्यक्ष कर्मकुमारी गुरुङले एफएम उद्घाटन गरिन् । ब्राह्मण पण्डित र लामा गुरुले सो अवसरमा स्वस्ती वाचन गरे ।

प्रालिमार्फत एभरेस्ट आवाज डट कम न्यूज पोर्टल यसअघि नै सञ्चालन गरिसकेको छ । चाडै टेलिभिजन पनि सञ्चालन गर्ने प्रालिका कार्यकारी निर्देशक दीपेन्द्र श्रेष्ठले बताए ।