केही हाइकु
भीम रानाभाट
जीवन बित्यो
केवल आकाशका
तारा गनेर।
पानीको रङ्ग
खोजेर पाइन्छ र ?
यस्को आकार।
सलल नदी
जीवन भुमरिमा
बाच्ने कसरी ?
मनभित्रै छ
बसेको यो हिमाल
यात्रा रोकेर
यति साह्रो त
गर्नु हुदैन वाइ
लौ न हो ठुल्दाइ।
नेपालदूत , पोखरा
मंसिर ९ गते २०७७
केही हाइकु
भीम रानाभाट
जीवन बित्यो
केवल आकाशका
तारा गनेर।
पानीको रङ्ग
खोजेर पाइन्छ र ?
यस्को आकार।
सलल नदी
जीवन भुमरिमा
बाच्ने कसरी ?
मनभित्रै छ
बसेको यो हिमाल
यात्रा रोकेर
यति साह्रो त
गर्नु हुदैन वाइ
लौ न हो ठुल्दाइ।