पत्रकार घिमिरेको रिहाइको माग

पोखरापाटी डटकम र सञ्चारकेन्द्र डटकममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई रिहा गर्न विभिन्न पत्रकारका संघ, संगठनले माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ गण्डकी र कास्की शाखा र नेपाल प्रेस युनियन कास्कीले विज्ञप्ति निकालेर घिमिरेको रिहाइको माग गरेका छन् । महासंघ गण्डकी महासचिव गणेश पौडेल र कास्की सचिव रामप्रसाद तिमिल्सिनाले फरक फरक विज्ञप्ति निकालेर घिमिरेको रिहाइको माग गरेका छन् ।

घिमिरेलाई प्रतिबन्धित नेकपाको कार्यक्रमको समाचार संकलन गरी फर्कदै गर्दा कास्कीको रुपा गाउँपालिका ५ देउरालीबाट प्रहरीले सोमबार साँझ पक्राउ गरेको थियो । विज्ञप्तिमा नागरिकको संवैधानिक अधिकार हनन भएको दाबी गर्दै घिमिरेलाई बिना शर्त रिहा गर्न र स्वतन्त्र प्रेसको सम्मान गर्न आग्रह गरिएको छ ।

नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलको घिमिरेलाई समाचार संकलनका क्रममा पक्राउ गरिएकोमा ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा प्रेस स्वतन्त्रताको रक्षा र स्वतन्त्रपूर्वक समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण तयार गर्न माग गरिएको छ ।