पोखरामा १४ दलले गरे विरोध प्रदर्शन

२२ दलीय मोर्चा अन्तर्गत कास्की जिल्लामा क्रियाशील १४ दल तथा संगठनहरुले आइतबार पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

एमसीसी सम्झौता खारेज गर्न, मिचिएको भूमि फिर्ता गर्न, भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी, देजमो नेपालका केस तथा प्रदेश अध्यक्ष नेत्र रानाभाट, राजमोका प्रदेश अध्यक्ष शंकर बराल, नेकपा मालेका केन्द्रीय सदस्य होमनाथ गिरी, नेकपा मसाल कास्की प्रवक्ता चन्द्रबहादुर केसी लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रम सञ्चालन राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालले गरेका थिए ।