फेसबुकमार्फत १० लाख ठगी गर्ने युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फेसबुकबाट अनेक बाहाना बनाई १० लाख ठगी गर्ने युवालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले आफूलाई ठूलो समस्या परेको भनी एक महिलालाई सामाजिक सञ्जाल फेसबुकमार्फत पैसा मागेर ठगि गर्ने बाजुराको हिमाली गाउँपालिका ४ बस्ने २७ वर्षीय रुपचन्द्र पाण्डेलाई पक्राउ गरेको हो ।

उनले महिलालाई विश्वास दिलाई तत्काल फिर्ता गर्छु भन्दै पटक पटक गरी १० लाख २८ हजार ७ सय ठगेका थिए । पाण्डेलाई मंसिर ५ गते बाँकेको नेपालगञ्जबाट पक्राउ गरीएको हो । पक्राउ परेका पाण्डे उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।