हिजोआज निकोचाल छैन, जस्तो छ
यो देशको मान्छे तिमी हैन, जस्तो छ
रुपियाँमा भाषावेश रक्तै बेच्छौ रे
होटल र रेस्टुराँमा चैन, जस्तो छ
आफै दामी आफै नामी गुड्डी हाँक्छौ रे
तिम्रो इमान पग्लिएको मैन, जस्तो छ
परी आए कागको फूल चोर्न सक्छौ रे
चाकडी त तिम्रोलागि ऐन, जस्तो छ
हिजोआज निको चाल छैन, जस्तो छ
यो देशको मान्छे तिमी हैन, जस्तो छ ।




