गजल

आफूले नै आफ्नो जुनी फेर्न पाए हुन्थ्यो
घायल भाको मुटु चिरी हेर्न पाए हुन्थ्यो

चोटै चोटको खानी भयो यो मेरो जुनी
जुनि फेरि धेरै खुसी बेर्न पाए हुन्थ्यो

भाग्य कोर्ने बिधातासँग कलम सापट मागी
आफ्नो भाग्य आफैले नै केर्न पाए हुन्थ्यो

आफूले नै आफ्नो जुनी फेर्न पाए हुन्थ्यो
घायल भको मुटु चिरी हेर्न पाए हुन्थ्यो।