तिहार विषेश मुक्तकहरू

दाजु र भाइ माइतीको माया मनभरी अटाउँछु
यसपालि तिहार बितेको साल सम्झेर कटाउँछु
समयले नि दिएन साथ माइतीघर आउनलाई
जीवनमा कुनै नपरोस् बाधा आशीर्वाद पठाउँछु ।

तिहारमा त माइतीघरमै हुन मन लाग्दो रैुछ
दाजुभाइकै तस्वीर मात्रै छुन मन लाग्दो रैुछ
मखमली माला सप्तरङ्गी टीका लाइदिन नपाउँदा
एकान्तमा बसी एक्लै रुन मन लाग्दो रैछ ।

पोहोर साल मखमली उनेको याद आयो
दाजुभाइलाई गलबन्दी बुनेको याद आयो
हिजोआज बजारमा तिहारको रमझम हेर्दा
सबैभन्दा राम्रा ओखर चुनेको याद आयो ।