पाइँदैन कसै गरी मुर्तिमा मुस्कान खोजी
भएको हो गल्ती मेरै पथ्थरमा प्राण खोजी
हेरेछु मैले जगत अन्धा आँखा बनाएर
पाइएन भन्छु कतै साँझमा बिहान खोजी
दुखाई मन निकै गएको छ उस्ले रुवाएर
रुनेछ एक दिन पक्कै लासमा जान खोजी
इमान बेचिसक्यो के बेचेर किन्थ्यो होला
पाईने भए कतै अजम्बरी बरदान खोजी
कोमल छ मन कति तर्कू अब काँडासँग
कोहि त ल्याईदेउ न फूलको बगान खोजी
उस्तै नै भए पनि जति बाटोघाटो बस्तीहरु
गल्ति हुन्छ पोखरामा पूर्वको धरान खोजी।




