चित्रबहादुर केसीलाई कोरोना संक्रमण

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ ।

केही दिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

अध्यक्ष केसीको अवस्था सामान्य रहेको केसीकी छोरी तथा अखिल नेपाल महिला संघका कोषाध्यक्ष रितु केसीले बताइन् ।

केसी करिब एक महिनादेखि भैरहवामा थिए । त्यही क्रममा रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो ।

मंगलबार बुटवलबाट काठमाडौं आएका केसीलाई त्यहि दिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

file pix