इन्द्रेणी सहकारीमा नयाँ समिति

इन्द्रेणी बचत तथा ऋण सहकारी पोखरा १७ डेभिजफल, छोरेपाटनको १३ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले सर्वसम्मत नयाँ समिति चुनेको छ ।

समितिको अध्यक्षमा सागर अधिकारी, उपाध्यक्ष बिन्दु कार्की, सचिव डिल्लीराम शर्मा, सहसचिव मेघनाथ पौडेल र कोषाध्यक्ष धर्मराज बराल छन् । सहकारीका सञ्चालकमा पृथ्वी पौडेल, दीपकराज बराल, धर्मराज सुवेदी, श्रीराम पोख्रेल, सरस्वती केसी कार्की, बुद्धिप्रसाद भण्डारी र लेखा समिति संयोजकमा महदत्त भट्टराई, सदस्यहरूमा केदारनाथ बाँस्तोला र बिष्णुकुमारी गुरूङ्ग छन् ।

सहकारी केही दिनअघि आफ्नै नवनिर्मित भवनमा सरेको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।