हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था पृथ्वीचोक, पोखराको ११ औं बार्षिक साधारणसभा भएको छ ।
सरकार र सहकारी बिभागका निर्देशन पालना गर्दै सुरक्षित तवरले सभा गरिएको हो । कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीले अहिलेको विषय परिस्थितिमा पनि ठूलो सहयोग गरिरहेको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका सहकारी बिभाग सदस्य राधिकाकुमारी शाही योगी, संस्थाका संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, लेखा समिति सदस्य रामचन्द्र पोख्रेल , सल्लाहकार, विभिन्न उपसमिति संयोजक, सदस्य, सेयर सदस्य लगायत सहभागी थिए ।
सहकारीका अध्यक्ष शुक्रराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सहसचिव कृष्णप्रसाद तिमिल्सिनाले गरेका थिए ।




