सूर्यबहादुरको शोकमा पोखरा महानगर बिदा

व्यवसायी एवं राजनीतिज्ञ सूर्यबहादुर केसीको निधनको शोकमा पोखरा महानगरले कार्यपालिका कार्यालय र वडा कार्यालयहरु बन्द गरेको छ ।

सोमबार राति निधन भएका पोखरा महानगरका पूर्व प्रधानपञ्च केसीको निधनमा शोक प्रकट गर्दै मंगलबार महानगर बिदा गरिएको हो ।

राप्रपाका केन्द्रीय कोषाध्यक्ष रहेका केसी ३ वर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेस प्रबेश गरेका थिए । उनी नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य पनि हुन् ।