पोखरा ३० को वडा प्रोफाइल सार्वजनिक

पोखरा महानगरपालिका वडा नं ३० को वस्तुस्थितिसहित सबैजसो विषयका जानकारी एकीकृत गरी तयार पारिएको वडा प्रोफाइल (पाश्र्वचित्र) सार्वजानिक गरिएको छ ।

पाश्वचित्र सोमबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले सार्वजनिक गरे । वडाको वस्तुस्थितिबारे जानकारी लिन र आगामी २० वर्षका विकास, निमार्णमा सहयोग पुग्ने गरी प्रोफाइल तयार गरिएको कार्यक्रममा जानकारी दिइयो ।

प्रमुख जिसीले प्रोफाइल सम्बन्धित वडाका लागि मात्र नभएर समग्र महानगरकै लागि महत्वपूर्ण भएको उल्लेख गरे । अहिलेको अवस्थाबारे जानकारीसहित भविष्यका विकास, निर्माण र समृद्धिको खाका कोर्न यो सहायक हुने उनको भनाइ छ ।

वडाध्यक्ष श्रीराम पोखरेलले यसले वडाको विकासको मार्गदर्शन गर्ने भनाइ राखे ।
वडा सदस्य सोमलाल कँडेलले सबैको साथ र सहयोगले तयार पारिएको दस्तावेजले वडालाई भविश्यमा कस्तो बनाउने भन्ने चित्रण गरेको बताए । वडा सचिव दुर्गा न्यौपानेले योजनाबद्ध विकास नै दीगो विकासको आधार भएको उल्लेख गरिन् ।