गाउॅ गाउॅमा बाटो त पुग्यो भाउ घटेन
निर्धालाई ढाट्ने र छल्ने दाउ घटेन
हिजो जे थियो त्यही छ हाल गरिबको
बल्झिरह्यो पीडा अझै किन घाउ घटेन
हत्या, हिंसा, बलात्कार झन् झन् बढ्दै गए
कानून भयो फितलो अपराधको माउ घटेन
दिनरातै खटेर ठेला उठाउॅछन् श्रमिकहरू
थपिदै गयो ऋण तिनको किन साऊॅ घटेन
महङ्गीको मारले आज चूलो बाल्न कठिन
किलो ल्याउन गाह्रो भयो बिचरा पाउ घटेन




