गजल

कहाँ देख्यौं र जून, कहाँ देख्यौ र तारा
प्यास मेटे पो भन्छौ, कहाँ भेट्यौ र धारा

चारैतिर स्वार्थ र स्वार्थिको जमघट छ
कस्लाई भन्दैछौ प्रेमी, को भेट्यौ र प्यारा

हुन त मान्छे नै हुन, मानवता पो छैन
इमान, सम्मान बेची चलाउछन् गुजारा

न दिदीबहिनी, न आमा छोरी भन्छन्
बनाउछ्न् सबलाई आआफ्नै आहारा

अपराधी नजिकै छन् कता जाऊ लुक्न
झम्टिन्छन पाए अह भन्दैनन् विचारा

अरे कमसेकम ती नाबालक त छोड
मुटु काप्दैन, के बन्छौ आफ्नैको हत्यारा

न सुरक्षा, न न्याय नै मिल्छ पीडितलाई
जाउm कहाँ न्याय माग्दै गाउँ कस्को नारा

चूप लागेर बस्यौ भने जित्छ अपराधीले
एकजुट भइ लड्यौ भने जगमगाउँछ सारा ।