नेपालदूत , पोखरा
कार्तिक ७ गते २०७७
शुक्रबार बिहान भीरबाट लडेर पोखरा १५ मा एक युवाको ज्यान गएको छ । बिहान साढे ७ बजेतिर पोखरा महानगरपालिका १५ खहरे भन्ने स्थानमा खहरे भिरबाट लडेर टुटुङ्गा बस्ने वर्ष २३ का साजन परियारको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले घटनाबारे अनुसन्धान हुँदै गरेको जानकारी दिए ।