पोखरा जेसिजले युवा उद्यमशीलताका लागि साक्षात्कार कार्यक्रम गर्दै जेसिज सप्ताह अन्त्य गरेको छ ।
विश्व कोरोना महामारीको चपेटामा परेको अवस्था छ । कोरोना महामारीकै कारण यतिबेला व्यापार व्यवसाय, खेलकुद तथा मनोरञ्जनका क्षेत्र बन्द भएका छन् । देशकै पर्यटकीय प्रदेश गण्डकी प्रदेश यतिबेला सुनसान भएको छ । प्रतिकुल अवस्थालाई अनुकुलतामा बदल्ने सोचका साथ पोखरा जेसिजले युवालाई कसरी उद्यमशील बन्ने भन्ने विषयमा साक्षात्कार कार्यक्रमसहित सम्पन्न गरेको हो ।
अनलाईनमार्फत सञ्चालन भएको कार्यक्रममा पर्यटनविद् तथा सफल पर्यटन व्यवसायी कर्ण शाक्यले जीवनलाई पढाइले मात्र नभएर भोगाइले समेत सफल बनाउने बताए । एउटा सफल व्यवसायी बन्नका लागि आफ्नो भोगाइलाई नै मार्ग बनाउन आवश्यक रहेको उनले बताए ।
पोखरा तथा आसपासका सम्पूर्ण क्षेत्र घुमिसकेका शाक्यले गण्डकी प्रदेश पर्यटनको लागी निकै महत्वपूर्ण पाटो रहेको बताए । आयस्रोत आयआर्जनका लागि सानोबाट सुरु गर्नुपर्ने उनले बताए । आफूले भ्रमण गरेकै कारणले आफूमा व्यवसाय गर्ने चाहना लागेको बताए ।
‘हामीले जीवनमा चुनौतीको सामना गरेकै छौ । भोगेको दुःखले कथा बोक्ने गर्छ सुखले कथा बोक्दैन । समस्याको समाधान गर्न सकेमात्र अघि बढ्न सकिन्छ । समाधान भनेकै समस्याको छायाँ हो । समस्या आएपछिमात्र विकल्प निकाल्ने गरिन्छ जस्ले सफलताको बाटो तर्फ लैजान्छ,’ शाक्यले भने । आफ्ना जीवनका अनुभव सुनाउँदै उनले प्रकृतिलाई समेत बुझ्न आग्रह गरे ।
पोखराका सातवटा ताल र हिमालको कारणले पोखरामा प्रशस्त मात्रामा एरोडाइनामिक हुने बताउँदै विश्वमै एक मात्र उत्कृष्ट साहसिक खेल प्याराग्लाईडिङ हुने गरेको बताए । पोखरा साहसिक खेलका लागिसमेत प्रख्यात रहेको र सोही क्षेत्रमा लगानी गर्न सके सफल व्यवसायी बन्न सकिने बताए ।
नेपाल राष्ट्र बैंकका नेपाल सरकार पुर्व पर्यटन सचिव दिपेन्द्र ढकाल सहित, जेसिज पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो । समाज विकासको लागी अग्रसर जेसिजले आफुहरुलाई धेरै कुराहरु सिक्ने र सिकाउने मौका दिएको कार्यक्रम संयोजक मिनराज खड्काले जानकारी दिए । जेसिज पोखराका अध्यक्ष शिवप्रसाद सापकोटाले प्रतिकुलतालाई समेत अनुकुलतामा बदलेर कार्यक्रमको आयोजना गरिएको बताए ।
यसअघि पोखरा जेसिजले गरेको स्वास्थ्य,शैक्षिक,खेलकुद तथा खाध सामग्री वितरण तथा महिलाहरुको लागी सेनेटरी प्याड बनाउने तालिम सम्पन्न गरेको थियो भने । शुक्रवार गण्डकी युवा वक्ता सिजन २ सम्पन्न गरेको छ । सो प्रतियोगिताको प्रथम राधा पंगेनी, द्धृतिय प्रेरणा पराजुली तथा तृतीय कौशल कार्की भएका थिए । उनीहरुले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार रुपैँया प्राप्त गरे ।




