पोखरा ९ मा महिला मृत फेला

पोखरा ९ को ट्रेड महलपछाडिको एक छाप्रोमा एक महिला मृत फेला परेकी छिन् ।

सोमबार बिहान करिब साढे ८ बजे त्यहाँको छाप्रोमा विगत ७÷८ महिना अगाडि देखि बस्दै आएकी ३५ वर्षकी कुमारी सुनार मृत फेला परेकी हुन् ।

उनी आफ्नो छाप्रोको सुत्ने खाटमा नै मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।