हाइकर्स क्लब नेपालको १३ औं हाइकिङ भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने उदेश्यले स्थापना भएको हाइकर्स क्लब नेपालले विगत १ वर्षदेखि कास्कीका गाउँहरु अवलोकन गर्दै हरेक महिनाको अन्तिम शनिबार हाइकिङ सन्चालन गर्दै आएको छ ।
यसै क्रममा कोरोना महामारी र लकडाउनका कारण स्थगन भएको हाइकिङलाई पुनः निरन्तरता दिन पोखरा १७ र २१ को सिमाना दोविल्लादेखि मैदान, डाडाको पोखरी भ्युटावर , जिब्रेढुङ्गा, ग्रामिण बस्ति हुडिकोट हुँदै पोखरा ३३ भरतपोखरी कालिकास्थानसम्मको करिब ९ किलोमिटरको यात्रा गरी हाइकिङ भाग १३ सकिएको छ ।
हाइकिङ टोलीलाई जिब्रेढुंगा सामुदायिक होम स्टेका पदाधिकारी र आमा समूहले निर्माणाधीन सामुदायिक भवनमा उल्लासमय स्वागत गरे । होम स्टेका सचीव रनबहादुर गुरुङले होमस्टेका बारेमा जानकारी गराए ।
हाइकिङको पूर्व सन्ध्यामा गरिएको औपचारिक कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले हरेक क्षेत्रमा निस्वार्थ कर्मको खाँचो रहेकोमा जोड दिए ।
समाजसेवी भरत रायमाझीले आन्तरिक पर्यटनलाइ बढुवा दिदै ग्रामिण पर्यटनको प्रवद्धन गर्न हाइकिङ आवश्यक रहेको उल्लेख गरे । हाइकिङमा सहभागी हुन माछापुच्छ्रे बैंक लेकसाइड शाखाका म्यानेजर शैलेश रायमाझीसहितको टोली, सन्चारकर्मी, सामाजिक व्यक्तित्व, पर्यटन व्यवसायी, महिला उधमी, विधार्थी गरी करिब २ दर्जनको उपस्थिति थियो ।
कार्यक्रममा स्थापनादेखि नै सस्थालाई आआफ्नो तबरबाट सहयोग पुर्याउदै आएका पत्रकार मनोज घर्तिमगर, निर्माण व्यवसायी एबम समाजसेवी लिलकाजी गुरुङ, लोगो डिजाइनर प्रबेश तुलाचनलाई क्लबको तर्फबाट मायाको चिनो प्रदान गरियो ।
क्लबका अध्यक्ष प्रविन तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण रानाभाट र सन्चालन सदस्य मधु अधिकारीले गरेका थिए ।




