इन्द्रेणी फुटबल क्लबलाई पोखरा डाउन टाउनको सहयोग

लायन्स क्लब अफ पोखरा डाउन टाउनले पोखराको टुडिखेलमा रहेको इन्द्रेणी एकीकृत बिकास केन्द्रद्दारा सञ्चालित इन्द्रेणी फुटबल एकडेमीलाई सहयोग गरेको छ ।

फुटबल खेलका सामग्री केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी र एकेडेमीका सयोजक मोहन श्रेष्ठलाई डिस्ट्रक ३२५ बि वानका गभर्नर मनबहादुर रोका र डाउन टाउनका अध्यक्ष रेशमबहादुर केसीले सयुक्त रुपमा हस्तान्तरण गरे।

कार्यक्रममा कोविड १९ को कारण सामाजिक दूरी कायम गरी गरिएको कार्यक्रममा केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले क्लबले गरेको सहयोग सदुपयोग गरिने बताए । यसले फुटबल खेलमा रुचि राख्ने र सामाग्री अभावमा खेल्न नसक्नेलाई सहयोग पुग्ने बताए ।

लायन रामबहादुर बस्यालले डिस्ट्रीकको उत्कृष्ट क्लबका रुपमा स्थापित डाउनटाउनले गर्ने कार्यहरू प्रशंसनीय भएको बताए । क्लबका नयाँ सदस्य राजन श्रेष्ठलगायत अन्य सदस्यलाई गभर्नर पिनेले सन्मान गरियो ।

क्लबका अध्यक्ष रेशमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष हरिप्रसाद पराजुली, रहमोहन सुवेदी, प्रमोद लामिछाने, सचिव अशोक श्रेष्ठ लगायतले बोलेका थिए ।