गीत

फरक यही छ कोही लाखमा, कोही बिक्छ हजारमा
नबिक्ने को भेटिन्छ र मान्छेको हाट बजारमा ?

दर्शन छाँट्छ, पैसा जाबो हातको मैलो भनिदिन्छ
यथार्थमा त्यही मानिस धनको दास बनिदिन्छ

इमान भुल्छ, जमान भुल्छ, आफ्नै स्वार्थ ठूलो ठान्छ
नाङ्गो हुन्छ, बाङ्गो हुन्छ, दौलतसँगै सती जान्छ

आफन्तैले लुट्छ यहाँ, पराईको के चर्चा गर्ने
सबलाई एउटै चिन्ता हुन्छ के गरेर खल्ती भर्ने ।