प्रश्रितले पद्मश्री साधना सम्मान पुरस्कार नलिने

यस वर्षको पद्मश्री साधना सम्मानका लागि मनोनयन भएका साहित्यकार मोदनाथ प्रश्रितले सम्मान नलिने घोषणा गरेका छन् ।

सम्मान घोषणा भएपछि आफ्नाबारेमा फैलाइएको अपवाहले भ्रम उत्पन्न भएको भन्दै साहित्यकार प्रश्रितले सम्मान नलिने घोषणा जनाएका हुन् । उनले सोमवार विज्ञप्ति प्रकाशित गरी आयोजक खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानप्रति आभार व्यक्त गरेका छन् ।

‘तर समाचार प्रकाशित भएलगत्तै अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो व्यक्तिगत चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निर्णय गरेको छु,’ विज्ञप्तिमा उल्लेख छ ।