३ मुक्तक

त्यो नजरमा म काँडा, काँडा फूल अहँ यो हुनै सक्दैन
मरुभूमिको पत्थर म त्यहाँ मुल अहँ यो हुनै सक्दैन
गल्ति त हामी मान्छेबाट हुन्छ, त्यसैले त म दोषी बनेँ
हजुर त ईश्वर, ईश्वरबाट भुल, अहँ यो हुनै सक्दैन ।

पैसा भए सिधै खुल्ने गेटले बिगार्यो
दश थरि बात अनि दिनहुँ भेटले बिगार्यो
पढाइतिर ध्यानै छैन, अनलाइन छिर्यो, च्यााटिङ गर्यो
धरोधर्म आजकल मलाइ नेटले बिगार्यो ।

हुने खानेसामु दुःखी बन्न नपरोस्
औंला भाच्दै साहुको ऋण गन्न नपरोस्
आकात हेरी दशैं मनाऔं सारा नेपालीले
दशैं आउँदा दशा आयो भन्न नपरोस् ।