जेसीज सप्ताहअन्तर्गत सोमबार पहिलो दिन उद्घाटन तथा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ ।
प्रतियोगितामा प्रथम शान्ति निकेतन माविकी दीपावली भट्टराई, द्धितीय गण्डकी बोडिङ्गका दिग्गज गौतम, तृतीय अमरसिंह माविकी अपेक्षा अधिकारी र सान्त्वनामा पश्चिमाञ्चल बोडिङ्गकी प्रशंसा थापा भए ।
कार्यक्रममा १५ विद्यालयका विद्यार्थीले समृद्धिका लागि प्रभावकारी नेतृत्व विषयमा प्रस्तुति राखेका थिए । निर्णायक मण्डलमा सजना महत कर्माचार्य, मिनु श्रेष्ठ कुँवर र सुनील तिमिल्सिना थिए ।
पोखरा लेडी जेसिजका अध्यक्ष शोभा भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीज वर्ष २०२० का अध्यक्ष अशोक शंकर , नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा एरिया बि निरुपित मन्जु शाह ठकुरी, राष्ट्रिय उपाध्यक्ष कन्चन झा, रमा प्याकुरेल, राष्ट्रिय तालिम आयुक्त शिव सुबेदी लगायत उपस्थित थिए ।
कार्यक्रममा जेसी मन्जु शाह ठकुरी, पूर्व अध्यक्षको तर्फबाट संगिता पौडेल, कार्यक्रमका मुल संयोजक जेसी अनिता थापा, सचिव गायत्री फुयाँल, कविता सापकोटा, कमला शर्मा, सम्झना बस्नेतलगायतले बोलेका थिए ।






