इन्द्रेणी एकीकृत विकास केन्द्रमा मीलनको बिदाई

इन्द्रेणी एकीकृत विकास केन्द्रले पूर्व खेलाडी एवं संस्थाका सहयोगदाता मीलन गुरुङ बिदाइ गरेको छ ।

हङकङ बसोबास गरी संस्थालाई सहयो गर्ने गुरुङलाई क्लबले पोखरामा बिदाई गरेको हो । पोखराबाट हङकङ फर्किदै गरेका उनलाई क्लबबाट आयोजित कार्यक्रममा अध्यक्ष भानुभक्त अधिकारीले सम्मानसहित नेपालको पहिचान ढाका टोपी र क्लबको जर्सी लगाइदिएर बिदाइ गरेका हुन् ।

अध्यक्ष अधिकारीले आगामी दिनमा पनि सहयोग अपेक्षा गरे । कार्यक्रममा उपाध्यक्ष ग्रहेन्द्रमान श्रेष्ठ, सदस्य हिटलर घले, महासचिव निरजबिक्रम राणा, साहित्य तथा सांस्कृतिक उपसमिति संयोजक वसन्त बास्तोला, कार्यसमिति सदस्य सुगममणि पराजुली लगायतले प्रवासमा रहेर पनि नेपाली खेलकुदको विकासमा सहयोग गरेकोमा मीलनलाई धन्यवाद दिए । गुरुङले क्लबले विगतदेखि वर्तमनसम्म गरेको कार्यले पोखराको गरिमा बढाएको जनाए ।

उनले आफूहरुले गरेको सहयोगबाट सामाजिक कार्य र खेलकुद क्षेत्रमा भएको कामप्रति प्रशन्नता व्यक्त गरे ।