युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार

सरकारले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले खतिवडालाई नियुक्त गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । खतिवडाले मन्त्रीसरह सुविधा पाउने छन् ।

भदौ १९ गते खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।