सेलवेज टावरका व्यवसायीलाई आधा घरभाडा छुट

पोखरा चिप्लेढुङ्गाको सेलवेज टावरले आफना व्यवसायीलाई भाडामा ५० प्रतिशतसम्मको छुट दिने भएको छ ।

सेलवेज इन्भेष्टमेन्ट एण्ड लिजिङ प्रा.लिद्धारा संचालित भवनमा व्यवसाय गर्ने व्यवसायीलाई कम्पनीले घरभाडा छुटको घोषणा गरेको हो । कम्पनीका अध्यक्ष शुशीलमान प्रधानाङ्गका अनुसार व्यवसायीले २०७६ चैत्रदेखि असोज २०७७ सम्म ७ महिनाको भाडामा ५० प्रतिशत छुट पाउनेछन् । कातिकदेखि फागुन २०७७ सम्म ५ महिनाको भाडामा ४० प्रतिशत छुट प्रदान गरिने अध्यक्ष प्राधानाङ्गले घोषणा गरे ।

कोभिड १९को कारण विभिन्न चरणमा भएको लकडाउन तथा निषेधाज्ञाले व्यवसायीलाई परेको असर लाई मनन गर्दै सबै व्यवसाय चलायमान रहून् भन्ने हेतुले यो घरभाडा छुटको व्यवस्था मिलाएको अध्यक्ष प्राधानाङ्गले बताए ।

सेलवेज टावरमा विभिन्न व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् । अण्डरग्राउण्डमा विग बजार, भुईतल्ला र दोस्रो तल्लामा विभिन्न फेन्सि कष्मेटिक तथा कपडाका पसल, तेस्रो तल्लामा सिद्धार्थ बैंक, चौंथो तल्लामा एक्सिस एनिमेशन, पाँचौ तल्लामा कंगारु एजुकेशन फाउन्डेशन तथा छैंठो तलामा क्लाउड नाइन रेष्टुरेण्ट छन् ।

सेलवेज इन्भेष्टमेन्ट एक कर्पोरेट कम्पनी हो । यो छुटको घोषणापछि सेलवेज टावरमा रहेका व्यवसायी उत्साहित देखिएका छन् ।

पोखराको स्थापित ब्यबसायीक घराना सेलवेजले हाल नेपालका बिभिन्न स्थानमा डिर्पाटमेन्टल स्टोर सञ्चालन गरिरहेको छ । पोखराबाट सुरु भएको सेलवेज हाल काठमाडौमा सेल्सबेरीका नामले चर्चित छ । सेलवेज र सेल्सबेरीका हाल २ दर्जन आउटलेट छन् ।